कान्ति बाल अस्पतालले माग्यो ५६ जना कर्मचारी

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ३९


काठमाडौं । कान्ति बाल अस्पतालले विभिन्न तहमा गरी ५६ जना कर्मचारी माग गरेको छ ।

अस्पतालले मेडिकल अधिकृत आठौं तहमा २०, बायोमेडिकल इन्जिनियर आठौं तहमा १ तथा स्टाफ नर्स पाँचौं तहमा ३५ जना कर्मचारीहरु माग गरेको हो ।

अस्पतालले करार सेवामा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरिएको जानकारी दिएको छ ।

माग गरिएको पदमा आवेदन दिन इच्छुक व्यक्तिले कात्तिक १२ गतेभित्र दरखास्त आवेदन पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्