क्याप्टेन लामाले रुँदै भने- मृत्युको मुखबाट बचेर आएँ, ह्या कोरोना केही होइन नभन्नु होला

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ३ : ३५


काठमाडौं । क्याप्टेन विजय लामाले आफूले कोरोना संक्रमणलाई जितेर आएको नभइ कोरोनाबाट बाँचेर नयाँ जीवन पाएको बताएका छन् ।

एक टेलिभिजन कार्याक्रममा लामाले कोरोनाले दिने पीडा सुनेको र सोचेको भन्दा निकै कष्ठकर भएको बताए ।

दैनिक रुपमा संक्रमित बढिरहेको र कोरोना संक्रमण नियन्त्रण सरकारको हातबाट निक टाँढा गइसकेको बताउँदै उनले जनता स्वयं जागरुक र सुरक्षित बन्नु पर्ने बताए ।

भर्चुअल अन्तर्वार्ताका क्रममा कोरोनाले दिएको पीडा बताउँदै र सुरक्षित हुन आम मानिसलाई आग्रह गर्दै गर्दा उनले आशु झारेका थिए ।

‘मलाई कस्तो लाग्यो भने कोरोना भाइरस भनेको त सानो आश दुई मुठी स्वास जस्तो अनुभव भयो । अहिले बोल्दा पनि यहाँ दुख्छ । त्यसैले खेलाची नगर्नुस् दिस इज डेन्जरस’ लामाले रुँदै भने ।

कोरोना अनुभव बारे क्याप्टेन लामाले यसो भने

म जितेर आएको होइन कोरोनाबाट बाँचेर आएको हो । हाम्रोमा पुरानो उखान छ नि, ‘खुकुरीको चोट अचनालाई थाहा हुन्छ’ कोरोना त्यस्तो रछ । लाग्नेलाई मात्र त्यसको पीडा थाहा हुन्छ । कोरोना संक्रमणबाट निको भएकालाई सोध्नु भयो भने यो थाहा हुन्छ ।

म त कोरोना संक्रमण दुस्मनलाई पनि नहोस् भनेर कामना गर्छु ।

कस्तो देखियो सुरुवाती लक्षण

मलाई संक्रमण हुँदा सोला हान्यो, सियोले घोचेको जस्तो भयो । जिउ दुख्न थाल्यो । राति खप्न नसक्ने भएर म आइया भनेर चिच्याउँथे । त्यसपछि शरीर गलेको महशुस भयो आतमा ज्वरो आएको जस्तो लाग्यो तर जाँच गर्दा ज्वरो थिए ।

पछि विस्तार स्वाद गन्ध हरायो जिउ अत्यादिन दुख्यो र एकैपटक धेरै ज्वरो आयो ।

साउथ सुडानबाट उडान भरेर आएपछि खानाको रुची घट्यो, जिउ गल्यो ।

कोरोनाको मुख्य समस्या भनेको पखला लाग्ने जिउ गल्ने स्वाद नहुने व्वरो आउने हुन थाल्यो ।

त्यसपछि पसिना उर्मन थाल्यो । पसिना झर्न होइन उम्रन थाल्यो । स्वास पनि बढ्यो । कोरोनाले बनाएको अवस्था सबैले देखुन् भनेर मैले भिडियो व्लग बनाएँ ।

कोरोनाको पीडा हाछ्यु गरेर जान्छ, सामान्य फ्लु भन्नेलाई देखाउनलाई मैले भिडिाये बनाएको थिए । भिडियो हेर्नुभयो भने थाहा हुन्छ मलाई बोल्न कति गारो भएको थियो कति स्वास्वा भएको थियो ।

सरकारको ध्यान गएन

मानिसहरुमा कोरोना संक्रमण धेरै भएको भएपनि सरकारको ध्यान त्यतातिर गएको छैन । राजनीतिक विषयमा नै पार्टीहरु र नेताहरु झगडा गरिरहेका छन् ।

सरकारलाई हामीले कर बुझएका छौं त्यो करको पैसा किन राखेको, खाली प्रदेश चलाउन मात्र हो ?

संक्रमण भयो भने अस्पताल जान एम्बुलेन्स आउनपनि पाँच घन्टा लाग्छ । सयौं त्यस्तो एम्बुलेन्स ल्यान सकिँदैन देशले ?

मलाई सबै चिन्ने र माया गर्ने सेलिब्रेटी जस्तो व्यवहार गर्ने भएका कारण मैले माया पाएँ । तर यो सबै नागरिकले पाउनुपर्छ ।

सेलिब्रेटी भन्दैमा मन्त्री प्रधानमन्त्री राष्ट्रपति लागायतले मात्र सुविधा पाउने कुरा हुँदैन । रोग र भोकमा सबै व्यक्ति बराबर हुनुपर्छ तर नेपालमा छैन ।

अहिले नेपालका राजनेताहरु सुतिरहने सिंह जस्तो हुनुभएको छ । उहाँहरु सुतिरहनु भएको छ ।

मन्त्री प्रधानमन्त्री बन्ने भनेको ख्यालठट्टा होइन । उहाँहरुले नागरिकका पीडालाई बुझ्न सक्नुपर्छ ।अब झगडा गर्ने भन्दा पनि सबैभन्दा ठूलो जल्दोबल्दो कुरा भनेको कोरोना हो । हिजो जसजसले हाछिउ गरे, तातो पानी, बेसार पानी खाए ठिक हुन्छ भनेर जुन अफवाह फैलाउनु भयो नि उहाँहरुले अब बोल्न छोड्नुपर्छ ।

हाम्रो मन भित्र भएको आक्रोश देख्नुहुन्छ ।

अफवाह फैलाउने व्यक्तिको कुरा सुनेर हुँदैन । डाक्टरले अनलाइन अडर गरेर खानुस्, हावामा फैलने अवस्था भइसक्यो भनेर डाक्टरहरुले भनिरहनु भएका छन् ।

व्यक्ति विशेषलाई भन्न चाहन्न तर हामी पिडित भएका छौं त्यसैले यस्तो भन्दै हिँड्नु हुँदैन ।

कोरोनालाई ह्या नगर्नुस् ।

मलाई उपचार गर्नु भएको डाक्टर आज इसान अस्पतालमा कोरोनासँग लडिरहनु भएको छ ।

त्यस्तै मेरो उपचारमा खटिएका अरु डाक्टरको परिवारमा लागेको छ ।

गायक सञ्जय श्रेष्ठलाई पनि लागेको छ ।

कोरोना लागेकालाई आइसीयु चाहिन्छ तर बेड छैन । त्यसको केही वास्ता छैन देशमा जिन्दावाद मुर्दावादमा लागेको छ ।

संवेदनशील भएर एकीकृत भएर लाग्नुपर्नेमा नेताहरु अरु कुरामा लाग्नु भएको छ ।

सबैभन्दा ठूलो कुरा आम जनता आफै अनुशासित हुनुपरो । यो नेपाल सरकारको पहुँचबाट निस्किइसक्यो ।

मेरी छोरी इटलीमा छ । त्यहाँ विश्वको सबैभन्दा भयावह स्थिति थियो । उसले मलाई भन्थिइन् सामाजिक दूरी कायम गरेर भने पुलिसले लान्छ , बजारमा जान घन्टौं कुर्छौं ।

तर नेपालमा कहाँ छ ?

सामाजिक दूरी कायम गर्ने पो भनेको हो त सामाजिक बहिष्कार त होइन । त्यसैले मानिसहरुले अपहेलित हुनुपर्छ र वहिष्कारमा पर्नुपर्छ भन्ने डरले लागेको मानिसले पनि नभनिकन बसिरहनु भएको छ हिँडिरहनु भएको छ । त्यसैले आम जनताले पनि धर्म निभाउनुपर्छ ।

स्वास्थय प्रोटोकल मान्नुस् ।

यो सरकारको हातभन्दा माथि निस्किइसक्यो ।

अब हिरो त्यस्तो व्यक्ति हो जुन व्यक्तिले काम गरेर सुरक्षित जान्छ तिनीहरु नायक नायिका हुन् ।

मेरो भिडियो हेनुएभयो होला तपाइहरुले । आशु रोक्न सकिन १२ औं दिनमा बनाएको भिडियोमा ।

अस्पतालमा बस्दा मैले डाक्टरहरुको अनुहार पनि देखिन । उहाँहरु अन्तरिक्षयात्री जस्तो हुनुहुन्थयो । अन्तरिक्षयात्रीको त मुख देखिन्थ्यो तर उहाँहरुका आखा मात्र देखिन्थो ।

शरीर यस्तो दुख्छ । लगाको कपडाले पनि दुख्छ ।

कोभिड लागेर मरिहाल्यो भने अन्ति संस्कारको लागी दिँइदैन । त्यस्तो पनि मरण हो र ? मृत्यु भनेको उत्सव हो । जन्म उत्सब भएपछि मृत्यु पनि सेलिब्रेसन गछौं ।

मलाई पनि कतै मृत्यु सेलिब्रेशन हुँदैन, हाम्रो परम्परा अनुसार हुँदैन कि ? त्यस्तो पनि के मरण ? भन्ने साइकोलोजिकल्ली एक झड्का दियो ।

खेलाची नगर्नुस्

सबैले कोरोनलाई एकदम खेलाची गरिरहेको छ । आज २७ दिन भइसक्यो कोठामै छु । मलाई पनि कोठाबाट निस्कन मन पर्छ ।

झुटो बोलेको छैन। हामी कालको मुखमा छिरेर आएको हो । म नयाँ जिवन पाएर आएको हो ।

स्टामिना बढी भएको व्यायाम गर्ने मानिसमा लाग्दैन भन्ने भ्रममा नपर्नुहोला ।

म सधैं १० किलोमिटर हिँडेने जाड रक्सी चुरोट नखाने म जस्तो आफूले आफूलाई कन्ट्रोल गर्ने मानिसलाई त यस्तो भयो भने ह्या भन्नेलाई के होला ? गम्भीर भएर विचार गर्नुहोला ।

अम भने मा बाँचेर बलियो भएर आइसके । युद्ध लडियो अहिले घरमै छु , प्रोटोकल अनुसार १४ दिन घरभित्रै बस्छु ।

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

कोरोनासँग लड्न जसले आइसोलेसनमा पुगेर क्याप्टेन विजय लामालाई गुर्जो दिए


प्रतिक्रिया दिनुहोस्