मुख्यमन्त्री शाहीले माधव नेपाल पक्षका कुर्मराजलाई दिए सचेतकको जिम्मेवारी

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : १३


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहील नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई दिएका छन् ।

शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कालीकोटबाट निर्वाचित सांसद कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् ।

यसअघि आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका थिए ।


प्रतिक्रिया दिनुहोस्