बिरामी जाँच गर्दै गरेको अवस्थामा वीरगन्जबाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ३५


वीरगन्ज । भिडियो एक्सरे गर्ने एक निजी क्लिनिकमा बिरामी जाँच गर्दै गरेको अवस्थामा पर्सा प्रहरीले १ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

पर्साको वीरगंज महानगरपालिका-२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा बिरामी जाँच गरिरहेको अवस्थामा नक्कली डाक्टर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेली छन् ।

तेलीले डाक्टर शिवशंकर यादवको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्