आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : ५६


काठमाडौं । अक्टोबर १३ तारिख आजको दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन् ।

नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो । जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्। यसको अर्थ यी तीनवटा ग्रह १८० डिग्री कोणमा रहनेछन् ।

यसलाई टेलिस्कोपको सहयोगमा अवलोकन गर्न सकिन्छ । तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ ।

खगोलविद्का अनुसार यस्तो दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन् ।

पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ । अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन् ।


प्रतिक्रिया दिनुहोस्