भाषण गर्दा गर्दै किम जोन उन रोएपछि..(भिडियो)

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : ००


काठमाडौं । उत्तर कोरियाको सत्ताधारी दल वर्कस पार्टीले शनिवार आफ्नो ७५ औं बार्षिकोत्सव धुमधामसँग मनाएको छ।

कोरोना संक्रमणका घटना शुन्य रहेको भनिएको उत्तरमा सभा सम्मेलन गर्न कुनै अफ्ठेरो थिएन।

त्यसैले ७५औं वर्षगाँठको अवसरमा राजधानी प्योंगयांगमा मध्यरातमा सैनिक परेड गरियो। त्यही परेडमा नेता किम जोंग उनले देशबासीलाई सम्बोधन गरेका थिए।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सर्वोच्च नेता किम समारोहलाई भाषण गर्दा गर्दै रोएका थिए। किमले रुँदै आफ्नो देशले गरेको संर्घषको बारे वर्णन गरेका थिए।

किमले आफ्ना कमजोरी बारेमा औंल्याउँदै जनतासामु माफी मागेर रोएको द गार्जियनले दाबी गरेको छ। किम रोएपछि विश्लेषकहरुले किम ठूलो दबाबमा रहेको अनुमान गरेका छन्।

उत्तरमा कोरोना संक्रमणका घटना नरहेको बताएपनि केही विज्ञहरु भने उक्त कुरा मान्न तयार छैनन।

कोरोना महामारी नियन्त्रण गर्न नसक्दा किम त्यसदिन रोएको हुनसक्ने उनीहरुको टिप्पणी छ।

समारोहमा सहभागी हुनुपूर्व किमलाई बालबालिकाले स्वागत गरेका थिए। त्यहा पनि किम भावुक देख्न सकिन्छ।

उक्त समारोहमा उत्तरले नयाँ ब्यालेष्टिक मिसाइल पनि प्रदर्शन गरेको छ। जुन विश्वका लागि खतरा हुनसक्ने विज्ञहरुले टिप्पणी गर्न थालेका छन्।

यो पनि पढ्नुहोस

उत्तर कोरियाको नयाँ मिसाइल विश्वका लागि चिन्ता


प्रतिक्रिया दिनुहोस्