अर्नव गोस्वामी विरुद्ध बलिउड फिल्म निर्माताहरुले मुद्धा हाले

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : १४


काठमाडौं । गैरजिम्मेवारीपूर्ण रिपोर्टिग गरेको भन्दै बलिउडका शीर्ष फिल्म निर्माताहरुले अर्नव गोस्वामी सहित केही भारतीय पत्रकार विरुद्ध मुद्धा दायर गरेका छन्।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण रिपोर्टिंग गरेको भन्दै फिल्म निर्माताहरुले सोमबार दिल्ली उच्च अदालतमा मुद्धा दायर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रिपब्लिक टिभी र उक्त च्यानलका प्रमुख अर्नब गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउ र उक्त च्यानलका प्रमुख एंकरहरू राहुल शिवशंकर, नविका कुमार विरुद्ध मुद्धा दायर गरिएको छ।

चार बलिउड एसोसिएशन र ३४ फिल्म निर्माताहरुले अदालतमा मुद्धा दायर गरेका हुन। निवेदनमा मिडिया ट्रायल रोक्न माग गरिएको छ।

करण जौहर, आमिर खान, शाहरुख खान र सलमान खानको प्रोडक्शन हाउस सहित ३४ फिल्म निर्माताहरुले मुद्धा दायर गरेको एनडिटिभीले जनाएको छ।

याचिकामा मिडिया प्लेटफर्म मार्फत उनीहरुले बलिउड र यसका सदस्यहरु विरुद्ध गैर जिम्मेवार र अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ


प्रतिक्रिया दिनुहोस्