उत्तर कोरियाको नयाँ मिसाइल विश्वका लागि चिन्ता

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ५ : १७


एजेन्सी । उत्तर कोरियाको नयाँ ब्यालिस्टिक मिसाइलको विशाल आकारले हतियार विशेषज्ञहरूलाईनै चकित बनाएको छ।

रक्षा विशेषज्ञ मेलिसा हनहमले यो क्षेप्यास्त्र अमेरिका तथा विश्वका लागि खतरा भएको बताएकी छन् ।

७५ औं बर्षगाँठका अवसरमा उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले हालै उक्त मिसाइल सार्वजनिक गरेको थियो।

उक्त कार्यक्रममा अध्यक्ष किम जोंग उनले भाषण पनि गरे। आफ्नो सम्बोधनमा किम जोंगले धेरै पटक रुँदै देशको संघर्षको वर्णन गरेका थिए।

कार्यक्रमको अन्त्यमा उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइल (आईसीबीएम) प्रदर्शन गरेको थियो।

सन् २०२० को जनवरी १ मा उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले नयाँ वर्षको भाषणमा उत्तर कोरियाले आधुनिक हतियार प्रणाली विकास गरिरहेको घोषणा गरेका थिए। उन्नत राष्ट्रहरूसँग मात्र रहेको मिसाइल बनाउन लागिएको किमले बताएका थिए।

किमले यसलाई अमेरिकासँग जोडेर भविष्यमा उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध बिग्रेमा उत्तर कोरियाको शक्तिसामु अमेरिका असहाय हुने बताएका थिए।

उत्तर कोरिया अपेक्षित भन्दा बलियो हुँदै गइरहेको उनको दाबी थियो। उत्तर कोरियाको नयाँ ब्यालिस्टिक मिसाइल किम जोंग उनको एक रणनीतिक हतियार भएको बताइन्छ।

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको असफल वार्ताको परिणामको रूपमा यो देखा परेको दाबी विज्ञहरुको छ।

उत्तर कोरियाले यसअघि नै दुई ब्यालिस्टिक मिसाइल (आईसीबीएम)परीक्षण गरिसकेको छ।

उत्तर कोरियाले यसअघि नै दुई ब्यालिस्टिक मिसाइल (आईसीबीएम)परीक्षण गरिसकेको छ। सन् २०१७ मा उत्तरले ह्वासोंग-१४ नामक मिसाइलको दुई पटक परीक्षण गरेको थियो।

उक्त मिसाइलले १० हजार किलोमिटर सम्म मार हान्न सक्ने बताइएको छ।

यसले आधा युरोपियन देश र अमेरिकासम्म मार हान्न सक्ने क्षमता राख्ने बताइन्छ। यो मिसाइल पनि आणविक हतियार बोक्न सक्षम छ।

सन् २०१७ मै उत्तरले ह्वासोंग-१७ नामक अर्को मिसाइल पनि परिक्षण गरेको थियो। जसको १३ हजार किलोमिटरसम्म मार हान्न सक्ने क्षमता छ। यसको अर्थ हो उक्त मिसाइलले अमेरिकाको कुनै पनि भागमा मार हान्न सक्छ।

हाल, उत्तर कोरियाले प्रदर्शन गरेको नयाँ ब्यालिस्टिक मिसाइल (आईसीबीएम) परीक्षण भने गरिएको छैन। यसको आकार ह्वासोंग-१५ भन्दा ठूलो रहेको बताइएको छ।

यसको परीक्षण नभएसम्म वा ईन्जिन नदेखाउँदासम्म यसले कति टाढा सम्म मार हान्न सक्छ भन्ने कुरा निक्र्योल गर्न गाह्रो छ।

यद्यपि यसको डिजाइनले अब उत्तर कोरियाले मिसाइलको दायरा बढाउनु नपर्ने स्पष्ट पारेको विज्ञहरु बताउँछन्।

उत्तरको नयाँ हतियार अमेरिकी मिसाइल प्रतिरक्षा प्रणालीको लागि भने ठूलो झड्का हो।

उत्तर कोरियाको नयाँ मिसाइल अमेरिकाका लागि मात्रै नभई विश्वका लागि चिन्ताको बिषय हो। यसले स्पष्ट सन्देश दिएको छ, उनीहरूको देश, नेता तथा प्राविधिक क्षमतालाई वेवास्ता गर्न मिल्दैन।-बीबीसी हिन्दी


प्रतिक्रिया दिनुहोस्