उत्तर कोरियाली ह्याकरको निशानामा नेपाल!

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : १०


काठमाडौं । उत्तर कोरियाली ह्याकरहरुको लागि नेपाल नयाँ गन्तव्य बनेको एक जापानी पत्रिकाले दाबी गरेको छ।

अन्तर्राष्ट्रिय सुरक्षा विज्ञ डा. मोनिका चन्सोरियाले जापान फरवार्डमा एक लेख प्रकाशित गर्दै उत्तर कोरियाली ह्याकरहरुको सञ्जाल दक्षिण एशियामा नेपालसम्म विस्तार भएको उल्लेख गरेकी छन्।

हालैका दिनमा चीन हुँदै नेपालसम्म उनीहरुले सञ्जाल विस्तार भएको र यसमा चिनियाँ सहयोग रहेको रिपोर्टमा दाबी गरिएको छ।

नेपालमा उत्तर कोरियाली ह्याकरहरुको उपस्थिति र चिनियाँ गुप्तचरको फराकिलो नेटवर्कले नेपाललाई चीनको स्टेट सेक्युरिटी ब्यूरोले दक्षिण एसियाली अपरेशनको लागि क्षेत्रीय बेस बनाएको र उत्तर कोरियाले साइबर र मनि लण्ड्रिङको लागि प्रयोग गरिरहेको दाबी रिपोर्टमा गरिएको छ।

नर्थ कोरियाली साइबर सेनाले स्थानीय लाजारुस ग्रुप अथवा हिडेन कोब्रासँग समन्वय गरिरहेको उनले उल्लेख गरेकी छन्।

उक्त ग्रुपले अहिले अमेरिका, बेलायत, जापान, सिंगापुर लगायतका देशमा साइबर आक्रमणको प्रयाश गरिरहेको उनले बताएकी छिन्।

उत्तर कोरियाली शासक किम जोन उन नेतृत्वको सरकारले पैसा जुटाउन ह्याकरहरु परिचालन गरेको यसरी ह्याक गरेर उत्तरले ठूलो रकम संकलन गरेको रिपोर्टमा दाबी गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्