दुई अमेरिकी अर्थशास्त्रीले जिते यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : ५९


काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अर्थशास्त्रीलाई दिइने भएको छ ।

सोमबार रोयल स्विडि एकेडेमी अफ साइन्सेजले एक कार्यक्रमका बीच यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा गरेको हो ।

उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेको भन्दै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ ।
परम्परागत ढाँचामा लिलामीमा बस्तु तथा सेवाको बिक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीले बताएको छ ।

दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।

गत वर्ष भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जी, इस्तर डुफ्लो र माकइल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । उनीहरुको अनुसन्धानले वैश्विक गरिबीसँग लड्ने क्षमतामा सुधार भएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्