भोलिबाट समिट एयरले सुदरपश्चिमका ३ जिल्लामा उडान थाल्दै

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  २ : २५


काठमाडौं । लामो सयदेखि बन्द रहेका सुदुरपश्चिमका ३ जिल्लामा समिट एयरले भोलिबाट नियमित उडान सुरु गर्ने भएको छ।

समिटले भोलिबाट बैतडीको पाटन विमानस्थलमा उडान गर्न लागेको हो।

अब धनगढीबाट बैतडी १७ मिनेटमै पुगिने छ।

बैतडीमा हाललाई मंगलबार नियमित उडान हुने छ। यस्तै हप्तामा दुई दिन (मंगलबार र शुक्रबार) बझाङमा उडान गर्ने छ।

धनगढी–बझाङ भाडादर प्रति यात्रु ५ हजार ४८ र बैतडीका लागि ३ हजार ८ सय दुई रुपैया तोकिएको छ।

यस्तै समिटले दिपायल–धनगढी प्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने तयारी गरेको हो ।

जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। विमानस्थलमा भएका सञ्चार उपकरणको पनि मर्मतकार्य भइरहेको छ।

कूल १८ जना सिट क्षमता भएको उक्त जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढिका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका तयार भएको बताइएको छ।

प्राधिकरण कार्यालयका अनुसार हाललाई दिपायलदेखि धनगढीसम्मको टिकट रु तीन हजार २०० तोकिएको छ । टिकटका लागि दिपायल पिपल्लामा रहेको होटल रिभर साइडमा पाइने व्यवस्था मिलाइएको होटल सञ्चालक नन्दनसिंह कार्कीले बतााए।


प्रतिक्रिया दिनुहोस्