सीमा विवादलाई लिएर चीन र भारतबीच वार्ता हुँदै

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : १५


काठमाडौं । भारत र चीनबिच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।

यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् ।

सो पत्रिकामा प्रकाशित खबर अनुसार भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो ।

यसअघि सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौँ वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव ९पूर्वी एसिया० नविन श्रीवास्तव सामेल भएका थिए ।


प्रतिक्रिया दिनुहोस्