सुनसरीका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको नोबेल अस्पतालमा मृत्यु

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : २५


विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीका एक पुरुषको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान ६:५० बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए।

उनका अनुसार शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि आइतबार साँझ ६:२५ बजेतिर नोबेल ल्याइएको दाहालले बताए । राति १२ बजेतिर कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए।

मृतकका दुवै मृगौलामा पहिल्यैदेखि समस्या रहेको दाहालले बताए । उनका अनुसार पुरुषले विगत केही वर्षदेखि मृगौलाको नियमित डाइलासिस गराउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस्