भन्सार छलि ल्याएको कपडा बरामद

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ९ : ०६


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको चार लाख ७५ हजार बराबरको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलेर ल्याएको ९५० थान कुर्ता सलवार बरामद गरिएको हो ।

भरतपुर महानगरपालिका-३ शहीदचोक नजिक चेकजाँचको क्रममा हिजो ती सामान बरामद गरिएको हो ।

बरामद गरिएका कपडा, ट्रक, चालक नवलपरासीपश्चिम सरावल गाउँपालिका९३ का ३७ वर्षीय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्