नेशन्स लिग फुटबलः शीर्ष स्थानमा रहेको बेल्जियममाथि इ‌ंग्ल्याण्डको शानदार जित

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : १३


काठमाडौं । विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमलाई इंग्ल्याण्डले पराजित गरेको छ ।

नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा समूह ए टूमा रहेको इंग्ल्याण्डले बेल्जियमलाई २–१ पराजित गरेको हो ।

१६ औँ मिनेटमा पाएको पेनाल्टीमा रामेलु लुकाकुले गोल गरी बेल्जियमलाई सुरुवाति अग्रता दिलाए ।

३९ औँ मिनेटमा इंग्ल्याण्डले पनि पेनाल्टी पायो, त्यसलाई सदुपयोग गरी मार्कस रासफोर्डले टिमलाई बराबरीमा लगे ।

६४ औँ मिनेटमा म्यासन माउन्टले गोल गरेपछि ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले २–१ को जित निश्चित गरेको हो।


प्रतिक्रिया दिनुहोस्