डिप्रेशनमा रहेकी अमिर खानको छोरी इरा लेख्छिन्: धेरै चीजहरु अलमल र तनावले भरिएका छन्

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ३३


काठमाडौं । बलिउड अभिनेता अमिर खानको छोरी इरा खान सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

इरा खानले हालै इस्टाग्राममा आफुलाई ४ वर्षदेखि डिप्रेशन भएको खुलासा गरेकी छिन् । इरा खानले भिडियो सेयर गर्दै आफ्नो डिप्रेशनको कुरा सेयर गरेकी हुन् ।

इराले भिडियोमा पछिल्लो ४ वर्षबाट क्लिनिकली डिप्रेस्ड भएको बताएकी छिन् ।

उनले १ वर्षदेखि आफ्नो मानसिक स्वास्थ्यमा केही गर्न चाहेको थिइन्, तर के गर्ने आफुलाई थाहा नभएको पनि जानकारी दिएकी छिन् ।

उनले भनिन्, ‘आफ्नो समस्या सबैलाई सेयर गरेमा आफ्नो मानसिक स्वास्थ्य राम्रो हुनेछ । ’ भिडियोका साथमा इराले लेखेकी छिन्, ‘केही चीजहरु चलिरहेका छन्, केही मानिससँग धेरै कुरा गर्न मन छ । चीजहरु धेरै अलमल र तनावले भरिएका छन् । एकैपटक सबै भन्न धेरै मुस्किल पर्छ । मैलै केही बाटो निकाले, कसरी मानिसहरुलाई मानसिक स्वास्थ्यको बारेमा सम्झाउने । ह्याप्पी वल्ड मेन्टल हेल्थ डे ।’


प्रतिक्रिया दिनुहोस्