पेन्सन पाउन बैंकमा स्वयंम उपस्थित हुनु नपर्ने

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ०२


काठमाडौं । निवृत्तीभरण प्राप्त गर्न बैंकमा स्वयं उपस्थित हुनु नपर्ने भएको छ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयले पेन्सन बुझ्न ६/६ महिनामा व्यक्ति स्वयंम बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेपनि हाल कोभिड-१९ का कारण उपस्थित हुन नपर्ने जनाएको छ।

कार्यालयले मंसिर महिनासम्म खातामा रक़म पठाउने प्रबन्ध गरेको हो।

कोरोना महामारीको अबस्थामा जनस्वास्थ्यको अवस्थालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको छ।


प्रतिक्रिया दिनुहोस्