काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई निर्घात कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसरको विशेष टोलीले रुपेश साह र रविन लामालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यही असोज २० गते आफ्नो नियमित कामका सन्दर्भमा त्रिवि परिसरमा हिडिरहेका उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो।
उपप्रध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।