निवेदन लिन इन्कार गर्ने सह-रजिस्ट्रार विरुद्ध उजुरी

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ०८


काठमाडौं । निवेदन लिन इन्कार गरेको भन्दै सर्वोच्च अदालतका सह-रजिस्ट्रार विरुद्ध उजुरी परेको छ।

मुद्धा दर्ताकै लागि काठमाडौं आएका बैतडी मेलौली-२ का दीपेन्द्र बहादुर चन्दले आफ्नो मुद्धा दर्ता गर्न आनाकानी गरेको भन्दै सह रजिस्ट्रार विरुद्ध उजुरी दिएका हुन।

सर्वोच्चमा विचाराधीन मुद्दाहरुसँगै सम्बन्धित विषयमा निशुल्क कानुनी सहायता पाउँ, लगावमा राखी पाउँ र अग्राधिकार प्रदान गरि छिटो सुनुवाइ गरि पाउँ भनी सर्वोच्चमा ३ वटा निवेदन पेश गरेकामा सह-रजिस्ट्रारले अनावश्यक रूपमा अत्तो थपी दर्ता गर्न इन्कार गरेको भन्दै चन्दले मुख्य रजिस्ट्रारलाई हुलाकबाट उजुरी पठाएका हुन।

दर्ता वा दरपीठ गरि दिनुहोस भन्दा केही गर्दैन भनी हप्काएर पठाएपछि आफू पीडित भएको चन्दले बताए।

सर्वोच्चमा अत्तो थपी सेवाग्राहीलाई हैरान बनाउने र सेवाग्राही मैत्री वातावरण नभएकोले त्यसमा सुधार होस् र आगामी दिनमा आफुले भोगे झैं अरु सेवाग्राहीले दुख भोग्न नपरोस भनी ठाउँ ठाउँमा उजुरी बर्साएको चन्दले बताएका छन्।

हेर्नुस उजुरी

 


प्रतिक्रिया दिनुहोस्