काठमाडौं । सरकारले विदेशी मदिरा आयात माथिको प्रतिबन्ध हटाएको छ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले विदेशी मदिरा आयात माथिको बन्देज हटाएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।
नेपालमा व्यापारघाटा कम गर्न भन्दै गत चैत १६ गतेदेखि सरकारले विदेशी मदिराको आयातमाथि बन्देज लगाएको थियो।
विदेशी तयारी मदिरा पूर्ण रुपमा रोक लगाएकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले खुल्ला गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।
मन्त्री ज्ञवालीका अनुसार चैत १६ गते बन्देज गरेको प्रतिबन्धको निर्णय सोही महिना २४ गते राजपत्रमा प्रकाशित भएकोमा त्यसलाई मन्त्रिपरिषदले अर्को राजपत्र प्रकाशन गरेर खुलाउने निर्णय गरेको हो।
त्यस्तै ५० हजार अमेरिकन डलरभन्दा बढी मूल्यका गाडी बन्देज गराएकोमा कूटनीतिक नियोगलगायतका व्यक्तिहरुलाई भने खुल्ला गर्ने निर्णय गरेको हो।