त्रिविको व्यवस्थापन संकायको रोकिएको परीक्षा मंसिर तेस्रो हप्ता हुने

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : २७


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ।

सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने भएको छ।

आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालयले परीक्षा सञ्चालन हुनेबारे जानकारी दिएको हो।


प्रतिक्रिया दिनुहोस्