कैलाली । कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर राणालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।
राणालाई आइतबार बिहान थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार उनलाई ज्वरो आउने,रूघाखोकी लागेपछि थप उपचारको लागि काठमाडौं पठाइएको हो।
‘संक्रमण देखिएपछि ज्वरो आउने-जाने हुने, रुघाखोकी अनि अरू लक्षण देखिएको छ,’ सिंहले भने,’लक्षणहरू कम नभएपछि थप उपचारको लागि आज काठमाडौं जानुभयो।’
राणाको गत आइतबार कोरोना परीक्षणको लागि स्वाब झिकिएको थियो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको रिपोर्ट गत मंगलबार पोजिटिभ आएको थियो।