चिकित्सक संघका आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ४३


काठमाडौं । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ।

सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो।

सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा केसी पक्षबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्