मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : ३६


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

आइतबार दिउँसो नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्