विप्लव समूह सहित २१ दलले विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : ०३


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित २१ दलले केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।

विभिन्न २१ राजनीति सङ्गठनको कार्यगत एकता गर्दै यहि असोज २९गते माइघर मण्डलामा बृहत जनप्रदर्सन गर्ने निर्णय गरेको जनाएका छन्।

ती संगठनहरुमा विप्लव नेकपा निकट राष्ट्रिय जागरण मञ्च पनि सहभागी छ।

२० राजनीतिक संगठनहरुले स्थानीयस्तरमा पनि सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका हुन।

एमसीसी खारेज गर्न, विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिवन्ध हटाउन र कोभिड-१९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध गर्न स्वास्थ्य सावधानी अपनाउँदै प्रदर्शन गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले बताएका छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस्