सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ११ : ३५


काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।

शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। आज ९५ हजार १०० मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ मा कोरोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्