भक्तपुरका तीन गेष्ट हाउसमा प्रहरी छापा, सात महिलासहति तीन सञ्चालक पक्राउ

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : २५


काठमाडौं । भक्तपुरको ठिमीमा रहेका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ।

महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सूचना आएको भन्दै शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको थियो ।

प्रहरीले ती गेष्ट हाउसबाट तीन सञ्चालकलाई पनि पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। साथै सात जना महिलाहरूलाई पनि पक्राउ गरेको छ।

प्रहरीले सुनकोशी गेष्ट हाउस, सनराईज गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्