डाक्टरको निकगरानीमा रहेका ट्रम्पले ह्वाइट हाउसमा गरे सार्वजनिक कार्यक्रम

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ५४


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट संक्रमित भइ उपचारपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि भएका छन् ।

ट्रम्प अहिले पनि उपचारकै क्रममा रहेका छन् । तर तीन दिनको अस्पताल बसाई र केही दिन ह्वाइट हाउसमै डाक्टरको निकगरानीमा रहेका उनले शनिबार ह्वाइट हाउसमा आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् ।

ट्रम्पले सम्बोधनको क्रममा आफूले कोभिड–१९ विरुद्धका औषधि लिन छोडेको र आफूले राम्रो महसुस गरिरहेको बताए ।

ह्वाइट हाउसले गएको बिहीबार यता ट्रम्पको स्वास्थ्य अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक गरेको छैन ।

अहिलेसम्म ट्रम्प अझै पनि संक्रामक छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन ।


प्रतिक्रिया दिनुहोस्