चिकित्सक स‌ंघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ३०


काठमाडौं । नेपाल चिकित्सक स‌ंघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

डा. गोविन्द केसीको माग पुरा गर्न सरकार सहमत भएको भन्दै संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ ।

केसीको माग पुरा गर्न सरकार पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

शनिबार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्