ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३१


काठमाडौं । दक्षिण अमेरिकी देश ब्राजिलमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार भन्दा धेरै भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ ।

यस्तै संक्रमितको संख्या अमेरिका र भारतपछि ब्राजिलमा धेरै छन् ।

ब्राजिलमा संक्रमितको संख्या ५० लाख ८२ हजार भन्दा बढी छन्।


प्रतिक्रिया दिनुहोस्