भक्तपुरका मासु तथा खाद्यान्न पसल अनुगमन

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ४४


भक्तपुर । भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसल अनुगमन गरेको छ।

अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको जनाइएको छ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची नराखेको पाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्