कोरोनाबाट संक्रमणबाट उपत्यकाका ६ सहित १४ जनाको मृत्यु

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : १०


नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार देशभरमा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २ महिला र १२ पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौं उपत्यकाका एक महिला र पाँच पुरुष गरी ६ जना रहेका छन्।

कोरोना संक्रमणबाट काठकाडौंका एक महिला र दुई पुरुष, ललितपुरका दुई पुरुष र भक्तपुर एक पुरुषको निधन भएको हो।

त्यस्तै, मोरङका दुई सर्लाही मकवानपुर नवलपरीपूर्व र रूपन्देहीका एकरएक जना पुरुष र धादिङकी एक महिलाको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ। यो कूल संक्रमितको ०.५८ प्रतिशत हो।

आज देशभर ३ सय ९८ जना संक्रमितको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । ३ सय २१ जना आईसीयूमा र ७७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ।

 


प्रतिक्रिया दिनुहोस्