काठमाडौंमा २१ सय संक्रमित थपिए, अन्य कुन जिल्लामा कति?(विवरण)

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ४०


काठमाडौं । नेपालमा पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्बत्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार आज काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुरका ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर संक्रमित हुनेको संख्या १०५६८४ पुगेको छ।

आज थप १४ जनाको मृत्यु भएको छ, कुल मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म ७४ हजार २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विगत २४ घण्टामा मात्र १ हजार २२९ जना संक्रमण मुक्त भई घर फर्किएका छन्।

आज अन्य कुन जिल्लामा कति थपिए? तलको तथ्यांक हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्