साझा पार्टीको प्रवक्तामा पाठक

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : ४२


रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ।

“छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

उनी सङ्घीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी सो पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

साथै उनले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस्