टिकटक पाकिस्तानमा पनि प्रतिबन्ध

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १२ : ५१


नयाँ दिल्ली । सीमा तनावलाई लिएर हालै चिनियाँ एप टिकटकमाथि भारतले प्रतिबन्ध लगाएको थियो।

अब पाकिस्तानले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको छ।

पाकिस्तानको दूरसंचार प्राधिकरण (पिटिए)ले शुक्रबार चिनियाँ भिडियो सेयरिंग एप टिकटकमाथि प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

टिकटकले ‘अनैतिक र अश्लील सामग्री’लाई फिल्टर गर्न विफल भएको पाकिस्तानले आरोप लगाएको छ।

टिकटकमा अपलोड भएका अनैतिक र अश्लिल सामग्रीको विषयमा समाजमा गुनासो बढ्न थालेपछि प्रतिबन्ध लगाएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

टिकटकले अवैध सामग्री नियन्त्रण गर्न सन्तोषजनक विधि नअपनाए सम्मका लागि प्रतिबन्ध पिटिएले जनाएको छ।

यसैबीच टिकटकले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा भनेको छ, ‘जहाँ जहाँ यो एपमाथि प्रतिबन्ध लगाइन्छ, त्यो ठाउँको कानूनको पालना गर्न हामी प्रतिबद्ध छौं।’

यसबारे पिटिएसँग छलफल भइरहेको टिकटकले जनाएको छ। टिकटक चिनियाँ कम्पनी बाइटडान्सद्वारा निर्मित एप हो। यसमा छोटो छोटो भिडियोहरू राख्ने गरिन्छ।

मानिसहरुमा यसको बढ्दो लोकप्रियता बीच एपमा देखाइएको सामग्रीको बारे पनि प्रश्न उठाइएको छ।


प्रतिक्रिया दिनुहोस्