नगद साढे २ लाख, स्कार्पियो गाडि र अनटेस्ट बुलेट सहित मोरङमा ६ जना जुवाडे पक्राउ

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १० : २९


विराटनगर । मोरङको बेलबारी नगरपालिकाबाट साढे २ लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मोरङको बेलबारी नगरपालिका–४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलबारी–३ का ४० वर्षीय रित गुरुङ, सोही ठाउँका ५६ वर्षीय सुजय गौतम, बेलबारी–३ लक्ष्मीमार्गका ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक–५ घर भएका ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको इटहरी–१ घर भएका ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको नारनाथ गणेशमान नगरपालिका–८ घर भएका ५० वर्षीय पर्शुराम भुजेल छन् ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ५३ जार २ सय ३५ रुपैयाँ नगद बरामद गरिएको जानकारी दिएको छ ।

यस्तै, को २ च २८१९ नम्बरको स्कार्पियो गाडि, अनटेस्ट मोटरसाइकल (बुलेट) १ वटा र को २३ प १३८७ नम्बरको स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पक्राउ परेका ६ जनाविरुद्ध नै थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्