कोरोना संक्रमित नेकपा नेतृ शान्ता चौधरी आईसीयूमा सिफ्ट

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ३६


काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ शान्ता चौधरीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ ।

लक्षणसहितको कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेतृ चौधरी उपचारका लागि वीर अस्पताल भर्ना भएकी थिइन् ।

वीर अस्पतालमा उनको लक्षणका आधारमा उपचार थालिएको थियो । तर, ४ दिनसम्म पनि स्वास्थ्यमा उल्लेख सुधार नआएपछि शुक्रबार रातिदेखि चौधरीलाई आईसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

सत्तारुढ नेकपा संसदीय दलकी सचेतक समेत रहेकी नेतृ चौधरीले केही दिन अगाडि सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेकी थिइन् ।

नेतृ चौधरीमा यही असोज १९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्