८९ थान काठका गोलियासहित काठमाडौंबाट १ जना पक्राउ

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ४९


काठमाडौं । ८९ थान काठका गोलियासहित काठमाडौंबाट १ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका–७ च्यानपाटी (नाङ्लेभिरबाट साँखुतर्फ आउने सडक)बाट १ जना व्यक्ति ८९ थान काठका गोलियासहित १ जना पक्राउ परेका हुन् ।

प्रहरीले नाङ्लेभीरबाट साँखु आउने सडकमा चालक नभएको अवस्थामा बा ५ ख ४३०९ नम्बरको ट्रक (आइचर) काठ लोड गरिएको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले तलासी गर्दा अवैध काठ भेटिए पछि ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको ट्रक र काठबारे अनुसन्धान गर्ने क्रममा उक्त काठ शंखरापुर नगरपालिका–१ नाङ्लेभिर घर भएका ३३ वर्षीय श्रीराम लामिछानेले ल्याएको पत्ता लाग्यो ।

प्रहरीले काठ तस्करी गरेको आरोपमा लामिछानेलाई काठ र ट्रकसहित नियन्त्रणमा लिएको छ ।

काठबारे थप अनुसन्धान गर्न पक्राउ परेका लामिछानेसहित काठसहितको ट्रकलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्