लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ०८


लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ।

बिहीबार बेलुकाबाट स्वास्थ्यमा एक्कासी समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सभामुख घर्तीलाई अहिले पनि उच्च ज्वरो आइरहेको छ। उनी घरमै आइसोलेसनमा बसेका छन्।

यसैबीच आजै सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीलाई पनि कोरोना पोजिटिभ देखिएको छ।


प्रतिक्रिया दिनुहोस्