आज कुन जिल्लामा कति जना थपिए कोरोना संक्रमित ? (जिल्लाको नाम र संख्यासहित)

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : ५३


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार(आज) नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ६ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७३ हजार २३ जनाले कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौंमा ११ सय १६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्।

कुन जिल्लामा कति ? 



प्रतिक्रिया दिनुहोस्