लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : ४२


बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान स्वाब दिएका थिए ।

मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् । मन्त्री केसीको अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्