काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री केपी शर्मा अोली सहित दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएका छन्।
आफू प्रधानमन्त्री रहेकै बेला सुरु भएको बुढीगण्डकी जलविद्युत आयोजनामा ओली-दाहाल र देउवाले ९ अर्ब बाँडेर खाएको बाबुरामले आरोप लगाएका हुन।
यसका लागि आफूसँग प्रमाण समेत रहेको बाबुरामको दाबी छ।
सामाजिक सञ्जालमा आफ्नी पत्नी हिसिला यमीको नाम जोडेर भ्रष्टाचारी भन्ने गरिएको भन्दै उक्त आरोप निराधार रहेको डा.भट्टराईले बताए।
उनी इन्जिनियर रहेको तथा भ्रष्टाचार गरेर बाच्नुपर्ने उनको हालत नरहेको भट्टराईको तर्क छ।
शुक्रबार गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका ६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका हुन।
अहिले देशमा लाखौंको मात्र नभई अर्बौको भ्रष्टाचार भइरहेको र यसको निर्मुल नगरि देशमा विकास हुन नसक्ने भट्टराईको भनाई छ।
नेता भट्टराईले देशका प्रमुख ३ नेता विरुद्ध गम्भीर आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसबारे अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ।
मानिसहरुले यो आरोप आधारहिन भए तुरुन्तै खण्डन गर्न तथा नेता भट्टराईमाथि पनि प्रमाणित गर्न चुनौती दिन थालेका छन्।
नेता भट्टराईले के भनेका थिए? तलको भिडियोमा हेर्नुहोस्