कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका वडाध्यक्षको अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : १९


घोराही । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका एक वडाध्यक्षको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

न्यौपानेलाई केही दिन अगाडि सामान्य रुघाखोकी देखिएको थियो । पछिल्लो समय श्वास फेर्न समेत गाह्रो हुन थालेपछि शुक्रबार बिहान उनलाई प्रादेशिक अस्पताल तुलसीपुर ल्याउन लागिएको थियो ।

अस्पताल पु¥याउनवित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । चिकित्सकहरुले उनको बाटोमा नै मृत्यु भइसकेको बताएका जनाइएको छ ।

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्