गुण्डा नाइके ‘राधे’ पक्राउ

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ४३


धादिङ । गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेलाई प्रहरीले पक्राउ गरेको छ ।

राधेलाई प्रहरीले बिहीबार धादिङबेशीबाट पक्राउ गरेका थिए । राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।
राधेमाथि सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप छ ।

राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो। जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ ।

जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो ।

राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन् । राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न रहेको आरोप लाग्ने गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्