मोदी सरकारका मन्त्री रामविलास पासवानको मृत्यु

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : २०


काठमाडौं । भारतको केन्द्रीय सरकारका मन्त्री रामविलास पासवानको बिहिबार निधन भएको छ।

पासवानले नरेन्द्र मोदी नेतृत्वको सरकारमा पासवान खाद्य तथा सार्वजनिक वितरण मामिलाको मन्त्रालय सम्हालिरहेका थिए।

लामो समयदेखि बिरामी रहेका ७४ बर्षीय उनको बिहिबार साँझ निधन भएको उनका छोराले पुष्टि गरेका छन्।

उनी बिरामी भएपछि गत महिना अस्पताल भर्ना भएका थिए। दिल्ली स्थित एम्स अस्पतालमा भर्ना भएका उनको अक्टुबर २ मा दोस्रोपटक हर्ट सर्जरी गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

बिहारका दिग्गज नेताका रुपमा परिचित पासवानलाई भारतीय ‘राजनीतिको ज्योतिषी’ पनि भन्ने गरिन्छ।

उनको निधनमा प्रधानमन्त्री मोदीले आफू निशब्द बनेको र पासवानको मृत्यु आफ्नालागि व्यक्तिगत क्षति भएको ट्विटमा उल्लेख गरेका छन्।


नेता पासवानको निधनमा राष्ट्रपति रामनाथ कोविन्द र भारतीय काँग्रेसका नेता राहुल गान्धीले पनि दुःख व्यक्त गरेका छन्।

पासवान बिहारका ५ दशकभन्दा बढी समयदेखि क्षेत्रिय र राष्ट्रिय राजनीतिमा संलग्न थिए।

लोकजनशक्ति पार्टीका पूर्व अध्यक्ष पासवान चर्चित दलित नेताका रुपमा स्थापति भएका थिए।


प्रतिक्रिया दिनुहोस्