बाइडेनसँगको भर्चुअल डिबेटमा ट्रम्पले भाग नलिने

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ८ : ५८


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी नहुने बताएका छन।

अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिएका हुन।

कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरी निवास फर्किको ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन।

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो।

सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएको हो ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन्।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ। उनीहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्