अफगान शान्ति वार्ताका प्रमुखद्धारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : १३


नयाँ दिल्ली । अफगानिस्तानको सरकार र यहाँ हिंसा गरिरहेका तालिबान सशस्त्र विद्रोहीहरुका बीचमा हाल जारी रहेको भनिएको शान्ति वार्ताका मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन।

उनले यस भेटका क्रममा उक्त शान्ति वार्ताप्रति भारतको थप प्रतिबद्धताको याचना गरेको बताइएको छ।

बताइएअनुसार उनी बुधबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन।

सो कुरा भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिएका हुन। उनले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन, अफगानिस्तानको वर्तमान वार्ता टोलीका प्रमुख मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन।

सो भेटका क्रममा अब्दुल्लाहले हाल जारी रहेको भनिएको अफगानिस्तान सरकार र तालिबानीहरुका बीचको शान्ति वार्तामा भारतका तर्फबाट पनि प्रतिबद्धता खोज्नुभएको प्रवक्ता श्रीवास्तवले जानकारी दिएका छन।

प्रमुख मध्यस्थकर्ता अब्दुल्लाहले बुधबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग पनि भेटवार्ता गरेका थिए।

सो कुराको जानकारी पनि प्रवक्ता श्रीवास्तवले आज नै ट्वीटमार्फत् गराएका छन।

बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालसँगको भेट राम्रो भएको उनले आजका भारीय सञ्चारमाध्यमहरुलाई बताएका थिए।

त्यस्तै आज प्रधानमन्त्री मोदीसँगको भेटवार्ता पनि अफगान शान्ति वार्तामा केन्द्रित भएको र सो शान्ति वार्तालाई के कसरी सफल बनाउने भन्ने बारेमा नै सो भेटवार्ता केन्द्रित भएको उनले बताएका छन।

केही हप्तायतादेखि कतारको दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ हिंसा गरिरहेका तालिबानी लडाकूका प्रतिनिधिहरुबीच वार्ता जारी रहेको बताइएको छ।

सोही वार्तामा भारतको सहमति जुटाउनका लागि अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका अब्दुल्लाह अब्दुल्लाह आज भारतको भ्रमणमा गएका हुन।


प्रतिक्रिया दिनुहोस्