काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षामा कोभिड-१९ पोजेटिभ भएकाहरुलाई सहभागी हुन पाउने व्यवस्था हुने जनाएको छ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै आयोगले यहि असोज २७, २८ र २९ गते लिइने प्रवेश परीक्षा स्थगित नहुने जनाएको छ।
कोरोना संक्रमितलाई छुट्टै कोठामा राखेर परीक्षा संचालन गर्ने तयारी गरिएको हो।
तर, ती कोरोना संक्रमित विद्यार्थी कसरी काठमाडौंसम्म आउँछन् भन्नेबारे आयोगले केही खुलाएको छैन।
यसरी कुनै कोरोना संक्रमित कुनै विद्यार्थी जानकारी नदिई परीक्षामा सहभागी भएको खण्डमा के होला भन्नेबारे नसोचेको भन्दै कतिपयले आलोचना गरेका छन्।