उपत्यकामा एकैदिन २५४० संक्रमित थपिए, अन्य कुन जिल्लामा कति? (विवरण)

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : ४३


काठमाडौं । बिहिबार नेपालमा हालसम्मकै धैरै कोरोना संक्रमित थपिएका छन्।

विगत २४ घण्टामा नेपालमा थप ४,३६४ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

गत २४ घन्टामा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको थियो।

आज ४ हजार बढी संक्रमित थपिएसँगै देशभर सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ।

आज १२ जनाको कोरोनाका कारण निधन भएको छ। सोही अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्।

यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

आज काठमाडौं उपत्यकामा मात्रै २५ सय ४० संक्रमित थपिएका हुन। जसमध्ये काठमाडौंका २०८५, ललितपुरका ३२०, तथा भक्तपुरका १३५ जना रहेका छन्।

आज कहाँ कति थपिए संक्रमित? तलको तथ्यांक हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्