कोरोनाले थप १२ जनाको मृत्यु

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : ३३


काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

आज नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्